दफा ५५
पत्र मञ्जूषा विगार्नेलाई सजाय
: कुनै व्यक्तिले हुलाक वस्तुहरु खसाल्न हुलाक अड्डाबाट
राखिएको पत्र मञ्जूषामा आगो, सलाई वा बत्ती वा विष्फोटक, खतरनाक, फोहर, दुर्गन्ध वा हानिकारक वस्तु, वा तरल पदार्थ राखेमा वा पत्र मञ्जूषामा फोहर मैला गरेमा वा पत्र मञ्जूषामा त्यसको कुनै अङ्ग वा त्यसमा भएको वस्तुलाई हानी पुग्न सक्ने गरी कुनै काम गरेमा क्षतिग्रस्त पत्र मंजूषा मर्मत गर्न लगाई निजलाई पाँच सय रुपैयाँसम्म जरिवाना हुनेछ ।